कपिलवस्तु जिल्ला कारागारमा एक जना थुनुवाको मृ’त्यु

काठमाडौं, २४ जेठ: कपिलवस्तु जिल्ला कारागारमा एक जना थुनुवाको मृ’त्यु भएको छ। कर्तव्य ज्यान मुद्धामा पुर्पक्षका लागि तौलिहवास्थित कारागारमा थुनामा रहेका कपिलवस्तुकै यशोधरा गाउँपालिका वडा नंं. ७ ईटवाका ५४ वर्षीय राम अधिन कहारको मृत्यु भएको कारागारका जेलर राकेश पाण्डेयले बताएका छन्।

बिहान खाना खाएर सुतेका कहार दिउँसो सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको कारागारले जनाएको छ। कहारकाे मृ’त्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन र घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

मृतक काहारको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको छ । उनी २०७६ साउन २ गते देखि जिल्ला अदालतकाे आदेशमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

सम्बन्धित खवर

Back to top button