गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,२७ जेठ:गण्डकी प्रदेशको नवलपरासी, म्याग्दी र बाग्लुङमा गरी मंगलबार बिहान थप २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी नवलपरासीमा १२, बाग्लुङमा ११ र म्याग्दीमा एक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको परीक्षणअनुसार नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा गठन गरिएको कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय समितिका संयोजक डा विनोदविन्दु शर्माले बताए ।

त्यसैगरी बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २१, २६ र २७ का तीन पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारी अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर

Back to top button