हेटौँडामा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक प्रहरी हवल्दारको मृ’त्यु

मकवानपुर,२९ जेठ: हेटौँडामा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ’त्यु भएको छ । टिप्परको ठक्करबाट स्कुटरमा रहेका नेपाल प्रहरीका हल्दारको मृ’त्यु भएको प्रहरीले जनाएको छ । बुधबार बेलुका ९ बजे टिप्परको ठक्करबाट ज्यान गुमाउनेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत प्रहरी हवल्दार केशरदोर्जे थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

प्र३–०२–०१२प १३३८ नम्बरको स्कुटरमा रहेका थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नम्बरको टिप्परले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

टिप्पर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर

Back to top button