रौतहटमा कोरोना जित्नेको सङ्ख्या १ सय १ पुग्यो


रौतहट,२९ जेठ:रौतहटमा कोरोना भाइरस संक्रमितको सङ्ख्या प्रदेश २ मा नै सबैभन्दा अगाडि रहेको छ। सोही जिल्लामा कोरोना जित्नेको संख्या पनि थपिदै गएको छ । बुधबार मात्रै रौतहटमा एकैपटक ६५ जनाले कोरोना जितेका छन् ।
गरुडा नगरपालिका जिंगडियास्थित प्रहरी विद्यालयमा निर्मित आइसोलेसनबाट ६५ जनाले कोरोना जितेका हुन् ।त्यहाँ रहेका ७५ जनामध्ये ६५ जनाको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई फूलमाला लगाएर सम्मानसाथ घर पठाइएको प्रशासकीय अधिकृत मुस्ताख आलमले बताए ।



यसअघि गौरस्थित नर्सिङ क्याम्पस र नारायणी अस्पताल बाट कोरोना जितेर ३६ जना घर फर्केको जिल्ला अस्पताल गौरका प्रमुख महेस साहले बताए। रौतहटमा कोरोना भाइरस जितेर बुधबार बेलुकी सम्म घर फर्किनेको कुल संख्या १०१ पुगेको प्रमुख साहले बताए।








