गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ३० जेठ: गण्डकी प्रदेशमा शुक्रबार दिउँसो थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नवलपरासीको हुप्सेकोट गाउँपालिकाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनलायले बताएको छ।



उनीहरुलाई जिल्लाको रजहरस्थित सामुदायिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ।








