बैतडीका एक सैनिकको मृत्यु

बैतडी, ३० जेठ : केवल सम्झना मात्रै रह्यो मलाई पागल नभन्नू है मेरो बाध्यता र समयले यहीँसम्म पुर्‍यायो।’ बैतडी स्थायी घर भएका नेपाली सेनाका प्यूठ डम्बर बहादुर विष्टले फेसबुकमा मृत्युअघि लेखेको मार्मिक स्टाटस हो। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्वर-५ घर भएका विष्ट स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत थिए।

उनले मृत्युअघि फेसबुकमा लेखेको यो नै जीवनको अन्तिम स्टाटस हो भन्ने कल्पना सम्म कसैले गरेका थिएनन् होला। तर त्यस्तै भयो। उनी छातीमा गोली लागेको अवस्थामा मृत भेटिए। बिहीबार राति पौने १२ बजेको समयमा विष्टले फेसबुकमा स्टाटस लेखेको देखिन्छ। विष्टले कलिलै उमेरमा देहत्याग गर्ने अप्रिय निर्णय किन लिए रु

त्यो अहिले नै खुलेको छैन्। तर, उनले कुनै बाध्यताले आत्महत्याको बाटो रोजेका हुन् की भन्ने अनुमान अन्तिम पटक लेखेको स्टाटसबाट लगाउन सकिन्छ। फेसबुक स्टाटस मात्र होइन् विष्टले टिकटकमा भिडियो समेत पोष्ट गरेका छन्। ‘तिम्रो चिनो फिर्ता लैजाउ र मेरो मुटु कलेजो फिर्ता दिइजाउ’ भन्ने बोलको गीतमा विष्टले टिकटक भिडियो बनाएका छन्।

लामो समयदेखि पत्नीसँग उनको खटपट रहेको विष्टका सहपाटीहरु बताउँछन्। उनी आफै साथीहरुलाई पत्नीसँगको सम्बन्ध पनि राम्रो नभएको सुनाउँदै आएका थिए।वीरेन्द्र सैनिक अस्पताल छाउनीमा ‘मेडिकल कोर्स’ गरिरहेका विष्टले ड्युटीमै रहेका बेला आफैले बोकेको एसएलआरबाट छातीमा गोली हानी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

विष्टको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ। घरबाट आफन्त आएपछि मात्र पोष्टमार्टम हुने प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button