कोरोना भाइरसको सङ्क्रमण बढेपछि विद्यालयहरु, क्वारेन्टाइन

काठमाडौँ, ३१ जेठ: कोरोना भाइरसको सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्यारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको हो । विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधार समेत हुने भएकाले विद्यालयमा क्वारेन्टाइन बन्ने क्रम बढेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दिएको छ ।

केन्द्रका अनुसार, प्रदेश १ मा १६० वटा, प्रदेश दुईमा २०२ वटा, बागमती प्रदेश १५० वटा तथा गण्डकी प्रदेशमा २३८ वटा विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको छ ।

प्रदेश ५ मा ७५१ वटा, कर्णाली प्रदेशका २४५ वटा तथा सुदूरपश्चिम प्रदेशमा २६३ वटा समेत कुल दुई हजार नौवटा विद्यालयमा क्वारेन्टाइन बनाइएको जानकारी केन्द्रले दिएको छ । सबैभन्दा धेरै प्रदेश ५ का विद्यालयमा क्वारेन्टाइन बनाइएको पाइएको छ ।

काठमाडौँ, ३१ जेठ कोरोना भाइरसको सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्यारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ ।

हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको हो । विद्यालय बस्तीभन्दा थोरै टाढा रहने, खुला परिसर तथा भौतिक पूर्वाधार समेत हुने भएकाले विद्यालयमा क्वारेन्टाइन बन्ने क्रम बढेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दिएको छ ।

केन्द्रका अनुसार, प्रदेश १ मा १६० वटा, प्रदेश दुईमा २०२ वटा, बागमती प्रदेश १५० वटा तथा गण्डकी प्रदेशमा २३८ वटा विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको छ ।

प्रदेश ५ मा ७५१ वटा, कर्णाली प्रदेशका २४५ वटा तथा सुदूरपश्चिम प्रदेशमा २६३ वटा समेत कुल दुई हजार नौवटा विद्यालयमा क्वारेन्टाइन बनाइएको जानकारी केन्द्रले दिएको छ । सबैभन्दा धेरै प्रदेश ५ का विद्यालयमा क्वारेन्टाइन बनाइएको पाइएको छ ।

सम्बन्धित खवर

Back to top button