काठमाडौंकी थप एक महिलामा कोरोना संक्रमण


काठमाडौं, २ असार: काठमाडौंकी थप एक महिलामा आज कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।
सोमबार मात्र काठमाडौंमा २ जना पुरुष र २ जना महिला र ललितपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको थियो ।



मंगलबार एकै दिन ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मंगलबार ३८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ हजार ५९१ पुगेको हो । नयाँ संक्रमितमध्ये ६ हजार ९२ पुरुष र महिला ४९९ महिला छन् ।








