सुदूरपश्चिममा एकै दिन १३७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, ४ असारः सुदूरपश्चिममा प्रदेशमा आज थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज देखिएको संक्रमितहरु राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टुकुमा गरिएको परिक्षणका अनुसार डडेल्धुरामा ८३, बैतडीमा २५ र अछाममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
भारतका विभिन्न शहरहरुबाट स्वदेश फर्किएर क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी रिपोट पोजेटिभ देखिएपछि उनीहरुको पीसिआर परिक्षण गरिएको थियो ।



जसमध्ये बैतडीको दशरथचन्द नगरपालिकाका १० जना, सिगास गाउँपालिकाका ६ जना,पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नाया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
अछाम जिल्लाको मेल्लेख गाउपालिकामा २३ जना र साँफेबगर नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।








