राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर मेसिन थप गरियो


दाङ, ४ असारः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना जाँचका लागि एउटा पीसीआर मेसिन थप गरिएको छ। यसअघि एउटा मात्रै स्वाब परिक्षण गर्ने मेसिन हुँदा रिपोर्ट आउन निकै ढिला हुने गरेको थियो।
तर बुधबारदेखि थप एउटा मेसिन जडान गरेपछि अब दैनिक एक हजार स्वाब परिक्षण हुने प्रतिष्ठानले जनाएको छ। स्वाब संकलन भएको २ सातासम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टिनमा बसेकाहरु घर फर्कन थालेका थिए।



दाङसहित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सल्यान, रोल्पा, प्युठान, रुकुम पूर्व, कपिलबस्तु लगायतका जिल्लाबाट आउने स्वाब परिक्षण गर्नुपर्ने र मेसिन एउटा मात्रै हुँदा रिपोर्ट आउन ढिलाई भएको प्रतिष्ठानले जनाएको छ।
तर अब एउटा मेसिन थप भएपछि परिक्षणमा केही सहज हुने प्रतिष्ठानले बताएको छ। अहिले प्रतिष्ठानमा करिब ४ हजार स्वाब परिक्षण हुन बाँकी रहेको छ।








