क्वारेन्टिनमै एक युवाले गरे आत्महत्या

काठमाडौं, ८ असार: बझाङको क्वारेन्टिन रहेका एक युवाले आत्महत्या गरेका छन् । छबिसपाथिभरा गाउँपालिका–७ मजखोरी माविको क्वारेन्टिनमा बसेका स्थानीय ३० वर्षीय युवकले आत्महत्या गरेका जानकारी प्राप्त भएको छ।

वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार तीन दिनअघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका उनले आइतबार राति आत्महत्या गरेका हुन् ।

असार ६ गतेदेखि उनी क्वारेन्टिनमा बसिरहेका युवा अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको वडा अध्यक्ष मण्डेलले बताए।

पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली हिँडेको वडाध्यक्ष मण्डेलले जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button