कोरोना सङ्क्रमणको कारण एक पुुरुषको मृ’त्यु


काठमाडाैँ, ९ असारः सुर्खेतमा एक जना कोरोना सङ्क्रमितको मृ’त्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय पुुरुषको मृ’त्यु भएको अस्पतालले बताएको छ ।
मृ’तक पुरुष गएको असार ३ गते उपचारको लागि दैलेखबाट सुर्खेत आएको ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो ।



उनी समुुदायस्तरबाट आएकोले कोरोना सङ्क्रमण कसरी भयो भन्ने नखुुलेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कारोना सङ्क्रमणबाट मृ’त्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।








