रोल्पामा पनि देखियो सलह कीरा


काठमाडौँ, १६ असारः सलह कीरा रोल्पामा पनि देखिन थालेको छ । यस भन्दा अगाडि रोल्पामा नदेखिने हेर्दा फटयांग्रोजस्तो देखिने नयाँ प्रजातिको यो कीरा केही दिन अघिदेखि रोल्पाका विभिन्न स्थानहरुमा फेला पर्न थालेको हो ।
गाउँ लगायत बजारहरुमा समेत घरका भित्ता तथा सडकहरुमा सलह देखा परेको छ। लाखौँको संख्यामा सम्म झुन्ड बनाएर हिड्ने सलह कीरा रोल्पामा भने थोरैको संख्यामा बसेको तथा उडेको पाइन्छ ।



रोल्पामा सलह किरा देखा परेसँगै रोल्पाका किसानहरुमा बालीनाली सखाप पार्ने हो कि भन्ने चिन्ता समेत बढेको छ।








