४९ दिने शिशुको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौँ, १८ असारः त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ४९ दिने शिशुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मंगलबार कोरोना पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको अस्पतालले बताएको छ।

शिशुलाई श्वासप्रश्वासमा समस्या रहेको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए।

ती शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गर्नुअघि कोरोना परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा काेराेना पाेजिटिभ देखिएकाे थियो।

डा दासका अनुसार ती शिशु म्याग्दीका हुन्। योसँगै नेपालमा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सम्बन्धित खवर

Back to top button