थप ११८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६ असारः नेपालमा गएको २४ घण्टामा ११८ जना कोरोना स‌ंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस स‌ंक्रमितको कुल संख्या १६ हजार ६ सय ४९ पुगेको मन्त्रालयले जानकारी गरेछ।

तीमध्ये ८,०११ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२० जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

सम्बन्धित खवर

Back to top button