थप ८२ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं, २८ असारः नेपालमा कोरोना भाइरसका ८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८२ संक्रमित थपिएका हुन् ।

कुल कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १७४ रहेको छ ।

७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् ।

सम्बन्धित खवर

Back to top button