कोरोना अपडेटः आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ, ३१ असारः नेपालमा बुधबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटाका १, मोरङका १, ताप्लेजुङका १, सप्तरीका १३, धनुषाका ६, नुवाकोटका १, काठमाडौँका ७, सिन्धुपाल्चोकका १, चितवनका ८ जना रहेका छन्।

यस्तै नवलपरासीका ११, रौतहटका ५, धादिङका १, पाल्पाका १, गोर्खाका १, कास्कीका ३, तनहुँका ३, म्याग्दीका ९, सल्यानका ५, अछामका १, दैलेखका ३, जाजरकोटका १,जुम्लाका २,मुगुका १, सुर्खेतका २८ र डढेलधुराका २ जनामा स।क्रमण पुष्टि भएको हो।

यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप ६९७ जना संक्रमित डिसचार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार २५ पुगेको छ।

सम्बन्धित खवर

Back to top button