आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौं , ७ साउनः नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ४,मोरङका ३, झापाका १, ताप्लेजुङका ३, सप्तरीका १८, धनुषाका ५, बाराका ३, पर्साका ६, काठमाडौका ३ जना रहेका छन्।

यसका साथै सर्लाहीका ३, चितवनका १, लमजुङका ७, स्याङजाका ३, बागलुङका ३, बाँकेका ३, वर्दियाका २, सल्यानका २, कालिकोटका १, दैलेखका १६, बझाङका १, डोटीका ७ तथा धनुषाका ६० जना संक्रमित थपिएका हुन्।

कोरोना भाईरसको संक्रमण निको भएर थप २०७ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ।

सम्बन्धित खवर

Back to top button