थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, ९ साउनः नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना स‌ंक्रमितको कुल संख्या १८ हजार ३ सय ७४ पुगेको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १0७ जना कोरोना स‌ंक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १२ हजार ९ सय ४७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

Back to top button