थप २१० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, १४ साउन: पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।



यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसन सेन्टरबाट १४६ जना डिस्चार्ज भएका थिए ।








