आज ४१८ जनामा कोरोना, ३५८ जना निको भए

काठमाडौं, १९ साउनः नेपालमा आज सोमबार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४१८ जनामा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा संक्रमित हुनेको संख्या २० हजार ७५० पुगेको छ । हालसम्म ३ लाख ९८ हजार ७०९ जनामा पिसिआर परीक्षण गरिएको पनि उनले बताए ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ३५८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १४ हजार ९६१ पुगेको छ । हाल ५७३२ जना आइसोलेसनमा रहेकाछन् ।

सम्बन्धित खवर

Back to top button