कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ, २१ साउनः काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित एक जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचाररत सर्लाहीकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता राजु अर्यालले जानकारी दिए।

यही साउन १६ गते मनमोहन अस्पतालमा भर्ना भएकी उनलाई १८ गते कोरोना पुष्टि भएपछि सशस्त्र प्रहरीको अस्पताल रेफर गरिएको थियो। उनी अन्य रोगबाट पनि ग्रसित भएको प्रवक्ता अर्यालले जानकारी दिए।

याेसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ।

सम्बन्धित खवर

Back to top button