काठमाडौँ उपत्यकामा थपिए ८७ जना कोरोना संक्रमित

काठमाडौँ, २२ साउनः काठमाडाैँ उपत्यकामा थप ८७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा काठमाडाैँका ७६, ललितपुरका १० र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका १, ललितपुरका २ तथा काठमाडौँका १५ जना, हेटौँडामा गरिएको परीक्षणमा काठमाडौँका १ जना र वीर अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौँका ५ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १३ जना, स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा काठमाडौँका ४ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएका हो।

यसैगरि ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ९ र ललितपुरका १ जना, बीआइडीएच ल्याबमा गरिएको परिक्षणमा ललितपुरका ६ जना र वीरेन्द्र अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

Back to top button