नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ साउनः पछिल्लो २४ घन्टामा नेपालमा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार ५९२ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ३१३ उपचारपछि निको भएका छन्।

हाल ६ हजार २ सय ६ जना संक्रमितको नेपालमा उपचार भइरहेको छ। हाल १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा छन्। शनिबार ७ हजार ८ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ।

सम्बन्धित खवर

Back to top button