कृषि वनमा वृक्षरोण

पोखरा, २६ साउनः अमरज्योति गाउँफर्क मावि परिसरमा निर्माण गरिएको कृषि वनमा फलफल र फूल जातका बिरुवा लगाइएको छ । सामुदायिक वन दिवस अवसर पारेर विद्यालय हातमा निर्माण गरिएको २ सय ७४ वर्गफिटको क्षेत्रफलभित्र फूल र फलफल जातका करिब ३ सय बिरुवा लगाइएको हो ।

संघीय खानेपानी आयोजना गण्डकी प्रदेश र लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आर्थीक सहयोगमा निर्माण गरिएको क्षेत्रमा स्थानीय रैथाने जातका बिरुवा हटाइ आयआर्जन र विद्यार्थीको सिकाइमा सहयोग पुग्नेखालका बिरुवा लगाइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै खानेपानी आयोजना गण्डकी प्रदेशका प्रमुख शिवेन्द्र झाले बिरुवा लगाउनुमात्र ठूलो कुरा नभइ लगाएका बिरुवाको उचित संरक्षण गर्दै वन पैदावारलाई आयआर्जनमा जोड्नु पर्ने धारणा राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बामदेव ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद बरालले खानेपानीको मुहान संरक्षण एवं पानीको शुद्धिकरणका वन संरक्षण अति महत्वपूर्ण भएको बताए ।

सम्बन्धित खवर

Back to top button