तालिमका लागि दाङ आएका ४ जना सैनिकलाई कोरोना


दाङ, २७ साउनः दाङका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ४ जना नेपाली सेना रहेका छन् ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा बबई गाउँपालिकाका २ जना पुरुष र एक जना महिला गरी ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।



नेपाली सेनाको तुलसीपुरस्थित बाहिनीमा तालिमका लागि आएका नेपाली सेनाको स्वाब परिक्षणका क्रममा दाङका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
तुलसीपुर उपमहानगरपालिका ठेगाना भएका ३ जना र लमही नगरपालिका ठेगाना भएका एक जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको हो ।
उनीहरु बाहिरी जिल्लामा कार्यरत रहेको र तालिमका लागि तुलसीपुर बाहिनीमा आएको नेपाली सेनाले जनाएको छ। संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ ।








