लकडाउनको समयमा प्यूठानमा मात्रै ३० जनाले गरे आत्महत्या


प्यूठान, २७ साउनः प्यूठानमा आत्महत्याका घटना बढ्दै गएको छ । प्यूठानमा लकडाउनको समयमा मात्रै ३० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । लकडाउनको अवधिमा २७ जना झुण्डिएर र तीन जनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा प्यूठानमा ६२ जनाले आत्महत्या गरेका छन् । २०७५/०७६ मा ६३ र ०७४/०७५ मा ५९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।



आत्महत्याको घटना बढेपछि यसको रोकथामका लागि जनचेतनामुलक कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिए । आत्महत्या गर्नुको मुख्य कारणमा सानै उमेरमा प्रेम सम्बन्ध, अन्तरजातीय तथा अनमेल विवाह, घरेलु हिंसा, बेरोजगारी, बढ्दो प्रविधिसँगै आएको विकृति लगायत देखिएको प्रहरीले बताएको छ ।








