एक कोरोना संक्रमितको मृ’त्यु एम्बुलेन्समै

सप्तरी, २८ साउनः सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृ’त्यु एम्बुलेन्समै भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृ’त्यु हुनेको संख्या तीन पुगेको छ ।

पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृ’त्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए ।

उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।

यसअघि जिल्लाको रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुष र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धमा कोरोना संक्रमण भएर मृ’त्यु भएको थियो । वृद्धको गत साउन १ गते र ४५ वर्षीय पुरुषको गत १९ साउनमा मृ’त्यु भएको थियो ।

हालसम्म देशभर कोरोना संक्रमणबाट ८४ जनाले ज्या’न गुमाएका छन् ।

सम्बन्धित खवर

Back to top button