कोरोनाको कारण ९५ जनाको मृ’त्यु

काठमाडौं, २९ साउनः नेपालमा कोरोनाको कारण मृ’त्यु हुनेको संख्या ९५ पुगेको छ ।

आज कोरोनाको कारण थप ४ जनाको मृ’त्यु भएपछी कुल मृ’त्यु हुनेकाे ‌खङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा. गौतमले अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृ’त्यु भएकाे जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश- १ मा ८ जनाको मृ’त्‍यु भएको छ भने प्रदेश- २ मा २८ पुरुष र ११ महिला गरी ३९ जनाको मृ’त्‍यु भएको छ।

यस्तै बागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जनाको मृ’त्‍यु भएको छ भने गण्डकी प्रदेशमा ६ जना पुरुषको कोरोनाको कारण मृ’त्‍यु भएको छ।

यस्तै प्रदेश ५मा ९ पुरुष र ३ महिला गरी १२ जानको मृत्‍यु भएको छ भने कर्णाली प्रदेशमा ४ जनाको मृ’त्‍यु भएको छ।

यस्तै सुदुरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जनाको कोरोना भाइरसबाट मृ’त्‍यु भएको छ।

सम्बन्धित खवर

Back to top button