कोरोनाले थप तीन जनाको मृ’त्यु, मृ’तकको संख्या १०२ पुग्यो


काठमाडौं, ३१ साउनः पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृ’त्यु भएको छ । पर्सा, धनुषा र कपिलबस्तुमा एक/एक जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलबस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको मृ’त्यु भएको छ । उनको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृ’त्यु भएको हो ।



पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषकाे उनको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृ’त्यु भएको हो । धनुषा जिल्ला जनकनन्दनी गाउँपालिकाका ५० वर्षका पुरुषको साउन २९ गते कोरोनाबाट मृ’त्यु भएको प्रवक्ता गाैतमले बताए ।
नेपालमा कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या १०२ पुगेको छ ।








