आइतबार थपिए ६४१ संक्रमित, १३४ जना निको भए

काठमाडौँ, ३२ साउनः नेपालमा आज आइतबार ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ६४१ जनामा संक्रमण देखिएको हो ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १७ हजार ३३५ पुगेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०३ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button