उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, १ भाद्रः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ३९ जना, ललितपुर १५ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन्।



पछिल्लो २४ घन्टामा देशभरि ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।








