एकै दिन सातजना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुने कहाँका रहेछन् ?


काठमाडौं, २ भाद्रः नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सातजनाको मृत्’यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ११४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन।



गौतमका अनुसार मृ’त्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक एकजना पुरुष र तनहु जिल्लाका एक महिला रहेका छन्।








