थप ११ जना कोरोना संक्रमितको मृ’त्यु, ज्या’न गुमाउनेको संख्या १३७ पुग्यो

काठमाडौं, ५ भाद्रः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ जना कोरोनाभाइरस संक्रमितको मृ’त्यु भएको जनाएको छ । शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो ३४ घण्टामा एक महिलासहित १० पुरुष कोरोना संक्रमितको मृ’त्यु भएको जानकारी दिए ।

उनकाअनुसार मृत्यु हुनेहरुमा मोरङ, सप्तरी, सर्लाही, बारा, पर्सा, काठमाडौं, ललितपुर, चितवन, मकवानुपर, दोलखा र प्युठान जिल्लाका एक–एकजना रहेका छन् योसँगै नेपालमा कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या एक सय ३७ पुगेको छ ।

साथै पछिल्लो २४ घन्टामा मुलुकभर आठ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा मुलुकभर दुई ५० जना कोरोनामुक्त भएसँगै कोरोना निको हुनेको संख्या १८ हजार दुई सय १४ पुगेको छ ।

सम्बन्धित खवर

Back to top button