उपत्यकामा थप ३७७ जना कोरोना संक्रमण पुष्टि


काठमाडाैँ, ११ भादाैः काठमाडाैँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडाैँमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ । हालसम्म देशभर ३५ हजार ५ सय २९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।








