शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, १२ भदाैः नेपालमा आज शुक्रबार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ९२७ जनामा संक्रमण देखिएको हो ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २० हजार २४२ पुगेको छ ।



आइसोलेसनमा रहनेको संख्या १६०१९ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९० पुगेको मन्त्रालयले जनाएको छ ।








