थप १ हजार १ सय २० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि


काठमाडौँ, भदाैः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार १ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ ।



देशभर सक्रिय संक्रमितकाे संख्या १८ हजार १ सय ८ रहेको छ। हाल ६ हजार ७ सय ६६ जना क्वारेन्टिनमा छन् ।
यस्तै काठमाडाैँ उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडाैँमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।








