थप १२ सय २८ जनामा कोरोना पुष्टि


काठमाडौँ, १८ भाद्रः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ९१७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ ।



पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण भएको छ। हालसम्म ८ लाख ३१ हजार ८ सय ५२ पीसीआर परिक्षण भएको छ।
देशभर सक्रिय संक्रिमित १८ हजार ४ सय १३ रहेकाे छ । ६ हजार ७ सय ४९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै काठमाडौँ उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडाैँमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








