थप १ हजार ४१ जनामा कोरोना पुष्टि

काठमाडौँ, २० भाद्रः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ । हाल क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन् ।

यस्तै काठमाडौँ उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button