आज कोरोना संक्रमित कुन जिल्लामा कति थपिए

काठमाडौँ, २२ भाद्रः नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका १६, पाँचथरका ६, भोजपुरका १, मोरङका ३९, सुनसरीका ६५, सोलुखुम्बुका १, धनुषाका ४४, महोत्तरीका ३, सप्तरीका १९, सर्लाहीका २०, सिरहाका ४१, काठमाडौँका २९३, काभ्रेका २८, चितवनका १९, दोलखाका ३, धादिङका ४, भक्तपुरका १३, मकवानपुरका ७३, ललितपुरका २०, सिन्धुाल्चोकका ३, सिन्धुलीका १, कास्कीका ३०, गोरखाका १८ र तनहुँका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नवलपरासीपूर्वका १६, पर्वतका १, लमजुङका १५, कपिलवस्तुका २, गुल्मीका ८, नवलपरासीका २, पाल्पाका ५, प्यूठानका १, बर्दियाका ४१, बाँकेका ४२, रुपन्देहीका ४१, कालिकोटका २, जाजरकोटका १, हुम्लाका १, दैलेखका ३, सुर्खेतका १९, कञ्चनपुरका ७, कैलालीका ३, बझाङका १ तथा बाजुराका १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाकाे कोरोनाबाट मृत्यु भएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ महिला र ७ पुरुष छन् ।

मोरङका ७६ वर्षीय पुरुष, सिरहाका ८७ र ६२ वर्षीय पुरुष, सर्लाहीका ३५ वर्षीय पुरुष, दोलखाका ६९ वर्षीय पुरुष, मकवानपुरका ३९ वर्षीय पुरुष र बाँकेका ५९ वर्षीय पुरुष तथा काठमाडौँका ३७, ९० र ८३ वर्षीया महिला र कास्कीकी ६३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ७ लाख ७७ हजार ५ सय ६३ पीसीआर परीक्षण गरिएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेको छ । हाल ४ हजार ७ सय ३९ जना क्वारेन्टिन छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ७१ जनाकाे आईसीयुमा र २० जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।

सम्बन्धित खवर

Back to top button