थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि

काठमाडौँ, २५ भाद्रः पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराेना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १८ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रिय संक्रमितकाे संख्या १४ हजार ४ सय ४८ रहेकाे छ ।

सम्बन्धित खवर

Back to top button