कोरोनाबाट थप ९ जनाको मृ’त्यु, काठमाडौँका मात्रै ६ जना

काठमाडौँ, २८ भाद्रः नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप ९ जनाको मृ’त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृ’त्यु हुनेमा ६ पुरुष र तीन महिला छन्।

मोरङका ६९ वर्षीय पुरुष, काठमाडौँका ६५/६५ वर्षीया दुई महिला तथा ५९, ७०, ६४ र ५९ वर्षका चार पुरुष गरी ६ जना, सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष र कास्कीकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर हालसम्म कोरोनाबाट ज्या’न गुमाउनेको संख्य ३ सय ४५ पुगेको छ।

सम्बन्धित खवर

Back to top button