थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि, १०६८ संक्रमणमुक्त


काठमाडाैँ, ३१ भाद्रः पछिल्लो २४ घण्टायता थप १ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै ५८३२७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हाल मुलुकमा १६२४२ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् । त्यसमध्ये ५५४१ जना संस्थागत आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन् ।



पछिल्लो २४ घण्टायता कोरोनाबाट ८ जनाको मृत्यु भएको छ भने १०६८ जना निको भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४१७०० पुगेको छ ।
हाल क्वारेन्टिनमा ७८२० जना रहेका छन् । पछिल्लो २४ घण्टामा १०४९४ वटा पीसीआर नमुना परीक्षण भएको छ । हाल मुलुकमा भेन्टिलेटरमा २६ जना र आइसोलेसनमा १७३ जनाको उपचार भइरहेको छ।








