काठमाडौँ उपत्यकामा थपिए ८५९ जना कोरोना संक्रमित

काठमाडौँ, २ असोजः काठमाडौँ उपत्यकामा शुक्रबार थप ८५९ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर अहिलसम्मकै धेरै २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

सम्बन्धित खवर

Back to top button