उतत्यकामा थप ६४७ जनामा कोरोना पुष्टि


काठमाडौँ, ६ असोजः पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।











