अखिल क्रान्तिकारीले बुझायो सिटिइभिटी लाई १० बुँदे माग


डडेल्धुरा, ८ असोज : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) सेती महाकाली क्षेत्रीय समन्वय समितिले विभिन्न माग राख्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटिइभिटी) को प्रदेश कार्यालय धनगढीसामु मागपत्र बुझाएको छ।
सिटिइभिटीको सुदूरपश्चिम प्रदेश कार्यालयसमक्ष १० बुँदे मागपत्र बुझाएको अखिल(क्रान्तिकारी) सेती महाकालीका संयोजक विरेन्द्र शाहले बताए। मागपत्रमा सिटिइभिटीले प्रवेश परिक्षा नलिई जिपीएका आधारमा भर्ना लिने भनेकोमा उक्त प्रक्रियामा सरकारी विद्यालयका विद्यार्थी भर्नाबाट बञ्चिन हुने भएकाले सरकारी विद्यालयका ८० प्रतिशत विद्यार्थी र बाँकी २० प्रतिशत निजीका विद्यार्थीलाई भर्ना गर्न माग गरिएको छ।



यस्तै सिटिइभिटीको छात्रबृद्धि दोब्बर गर्न, कक्षा ८ को प्रमाणपत्रका आधारमा छात्रबृद्धि दिइने निर्णयको खारेजी, खारेज गरिएको प्रि–डिप्लोमा अन्तर्गतको स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको स्तरवृद्धि गर्न, भर्ना आवेदन सूचनाको समयाअवधी थप्न, सरकारी विद्यालयमा संचालित प्रि–डिप्लोमा र डिप्लोमा तहका कार्यक्रमहरुको शुल्कमा एकरुपता कायम गर्न, विभिन्न नाममा लिइने चर्को शुल्क खारेज गर्न, शैक्षिक पूर्वाधार बिना संचालित प्राविधिक कार्यक्रमबारे कडाईपूर्वक अनुगमन गरी कारवाही गर्न माग गरिएको अखिल ९क्रान्तिकारी०ले जनाएको छ।
मागहरु
हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) शैक्षिक क्षेत्रको आमूल रुपान्तरणका लागि निरन्तर संघर्षरत रहेको छ। हाम्रो सङ्गठनको तर्फबाट विद्यार्थीहरु सङ्ग संबंधित मागहरु बारे ज्ञापनपत्र पेश गर्दछौं। यस सन्दर्भमा यथाशीघ्र गम्भीर छलफल गरि पहलकदमी लिन आग्रह गर्दछौं। अन्यथा संघर्षमा जाने कुरा जानकारी गराउदछौं।
१) कोरोना महामारीको कारण सिटिईभिटी ले यस वर्ष प्रवेश परीक्षा नहुने गरि न्एब् का आधारमा भर्ना आवेदनको सुचना जारी गरेको छ। यस प्रक्रियामा सरकारी विद्यालयका विद्यार्थीहरु भर्ना बाट वन्चित हुने देखिएकोले सरकारी विद्यालयका ८०५ विद्यार्थी र निजि विद्यालयका २०५ विद्यार्थी भर्ना लिने व्यवस्था गर्न माग गर्दछौं।
२) CTEVT मा हाल कायम रहेको छात्रवृत्ति भन्दा दोब्बर वृद्धि गरि वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाई पारदर्शी ढंगले लागु गर्न माग गर्दछौं। साथै यस वर्ष छात्रवृत्तिका लागि कक्षा -८ को प्रमाणपत्र लाई पनि आधारमा मान्ने निर्णय गरिएको छ। उक्त निर्णय अवैज्ञानिक हुँदा खारेज गर्न माग गर्दछौं।
३) यस वर्ष देखि खारेज गरिएको प्रि(डिप्लोमा अन्तर्गतको स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको स्तर वृद्धि गरेर लागू गर्न माग गर्दछौं।
४) प्रि-डिप्लोमा र डिप्लोमा तहको अहिले जारी भर्ना आवेदन सुचनाको समयसीमा कम हुँदा समयावधि केहि दिन बढाउन माग गर्दछौं।
५) सरकारी विद्यालयमा संचालित प्रि-डिप्लोमा र डिप्लोमा तहका कार्यक्रमहरुको शुल्कमा एकरुपता कायम गर्न, विभिन्न नाममा लिईने चर्को शुल्क खारेज गर्न, शैक्षिक पुर्वाधार बिना संचालित प्राविधिक कार्यक्रम बारे कडाईपुर्वक अनुगमन गरि आवश्यक कामहरूको कार्यान्वयन गराउन माग गर्दछौं।
६) सरकारी विद्यालयहरुमा चलिरहेका कार्यक्रमहरुमा प्र.अ. र व्यवस्थापन समिती अध्यक्षहरुले मनोमानी गर्दै चर्को शुल्क लगाई आर्थिक अपचलन गर्ने देखिएकोले यसलाई कडाईपुर्वक नियन्त्रण गर्न माग गर्दछौं।
७) सिटिईभिटी बाट मान्यता प्राप्त स्तर-०१ , स्तर-०२ निश्चित घण्टामा आधारित तालिमहरुमा विद्यार्थीहरु लाई भ्रम छर्दै प्रि-डिप्लोमा र डिप्लोमा तहकै शुल्क लिईदै आईएको छ। यस्ता संस्थाहरु लाई कडा कार्वाही गर्न माग गर्दछौं।
८) रोकिएका परिक्षाहरु विभिन्न वैकल्पिक माध्यम द्वारा संचालनको वातावरण तयार गर्न माग गर्दछौं।
९) विभिन्न वैकल्पिक माध्यम द्वारा पठनपाठन संचालन गर्न माग गर्दछौं।
१०) बन्दाबन्दी अवधिको शिक्षण सिकाई शुल्क नलिन र लिईएको भए फिर्ता गर्न माग गर्दछौं।
क्रान्तिकारी अभिवादन सहित !
विरेन्द्र शाह
संयोजक
अखिल ( क्रान्तिकारी )सेतिमहाकाली








