काठमाडौं उपत्यकामा एकैदिन थपिए ७ सय २४ जना कोरोना संक्रमित

काठमाडौं, १० असोजः काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय २४ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको हो ।

कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका ५ सय ८३, भक्तपुरका ६३ र ललितपुरका ७८ जना रहेका छन् ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ। जसमा पुरुष ७९६ र महिला ४११ रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१,८२१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११ सय ४७ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।

सम्बन्धित खवर

Back to top button