कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु पुष्टि, कुल संख्या ९४ हजार २५३ पुग्यो

असोज २१, काठमाडौंः नेपालमा बुधवार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार थपिएका कोरोना संक्रमितको संख्या नेपालमा अहिलेसम्मकै उच्च हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५७८ जनाको मृत्यु पुष्टि भएको छ ।

सम्बन्धित खवर

Back to top button