नेपालमा कोरोना संक्रमित १ लाख नाघ्यो


काठमाडौं, २३ असोजः नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार(आज) नेपालमा थप २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ६ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



मन्त्रालयका अनुसार ७३ हजार २३ जनाले कोरोना मुक्त भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना रहेको छ ।








