पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृ’त्यु

काठमाडौँ, २५ असोजः नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृ’त्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृ’त्यु हुनेमा १७ पुरुष र पाँच महिला छन् । मृ’त्यु हुनेमध्ये ८ जना काठमाडौँ उपत्यकाका रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्या’न गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ ।

सुनसरीकी ६२ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटाकी ६१ वर्षीया महिला, सर्लाहीका ३८ वर्षीय पुरुष, काठमाडौँकी ६६ वर्षीया महिला तथा ६०, ७०, ७५, र ८३ वर्षीय पुरुष, ललितपुरका ४९ वर्षीय पुरुष, भक्तपुरका ४४ र ५७ वर्षीय पुरुष, नुवाकोटका ७७ वर्षीय पुरुष, चितवनकी ७५ वर्षीया महिला तथा ४७ र ९८ वर्षीय पुरुष र उमेर नखुलेका एक पुरुष, मकवानपुरकी ८५ वर्षीया महिला, सिन्धुपाल्चोकका ६३ वर्षीय पुरुष र रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय पुरुषको कोरोनाबाट मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

सम्बन्धित खवर

Back to top button